नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोकमा स्व राजा त्रिभुवनको सालिक पुन:स्थापना गरिएकाे छ। राप्रपा समर्थित नेता तथा कार्यकर्ताले राजा त्रिभुवनको अर्धकदको सालिक राखेका छन्। सो अवसरमा उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’ लगायतका नारा लगाएका थिए। २०६२/६३ को आन्दोलनका बेला सालिक तोडफोड गरिएको थियो।