पूर्वश्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले वाम लोकतान्त्रिक गठबन्धन बलियो भएकाले आफू विजयी हुनेमा कुनै शंका नभएको बताएका छन् । बारा–४ मा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले अरूलाई अपवित्र गठबन्धन भन्नेहरूले पनि गठबन्धन गरेको तर, देशैभर वाम लोकतान्त्रिक गठबन्धनको जित निश्चित भएको दाबी गरेका हुन् ।‘५ दलीय वाम लोकतान्त्रिक गठबन्धन देशभर नै बलियो छ, यो गठबन्धन देशको आवश्यकता हो, त्यो कुरा बारा ४ का जनताले पनि