प्रधानमन्त्री केपी शर्मा ओलीले अब समयमै निर्वाचन हुनेमा शंका रहेको बताएका छन् ।
मंगलवार दिउँसो देशवासीलाई सम्बोधन गर्दै ओलीले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामना दिएका छन् ।
‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’ उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’
देशका घटनाक्रम र पात्रले शंका उब्जिएको ओलीले बत...