राष्ट्रियसभाका सांसदको कार्यकाल गोलाप्रथाद्वारा टुंगियो, कसको कति वर्ष ?

काठमाडौं – राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । जस अनुसार १९ जना सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल कायम भएको छ । प्रत्य...

सम्बन्धित सामग्री

विश्वप्रकाशको प्रस्ताव : दुई पटक प्रधानमन्त्री, चार पटक सांसद

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव महासमिति बैठकमा राखेका छन् । ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकको बन्दसत्रमा महामन्त्री शर्माले मंगलबार समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका हुन्, जसमा नागरिक पङ्तिमा रहेको असन्तुष्टिलाई कसैले सत्तामा जाने भर्‍याङ बनाउन खोजेको बताएका छन् । कतिपयले पुरानो सत्ता फर्काउन […]

माओवादी घोषणापत्र : चुनावको मिति र सांसदको कार्यकाल संविधानमा लेख्न पहल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मिति र सांसदको कार्यकाल संविधानमा लेख्न प्रस्ताव गरेको छ। आगामी निर्वाचनका लागि माओवादीले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहको चुनावको मिति, कार्यकालको प्रारम्भ र अन्त्य संविधानमा नै तोकिनेछ । यसो गर्दा निर्वाचनमा उमेदवारी दर्तादेखि सबै तहको सरकार काम चलाउ हुने तर खालि नहुने व्यवस्था गरिने […]

बेथितिको अन्त्य गर

संसद् र न्यायपालिकाबीच ‘नाडी समातासमात्’ भइरहेको अवस्थामा प्रतिनिधिसभा सांसदको कार्यकाल सिद्धिए लगत्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने जमर्को गरेपछि सरकारले उनलाई सर्वोच्च अदालतभित्र पस्न नदिन कडा सुरक्षा अपनाइरहेको छ । आन्तरिक रूपमा राज्यसत्ताका अंगबीच जे–जस्तो खिचातानी देखिए तापनि यसले जनतामाझ राम्रो असर भने पारेको छैन । राज्यसत्ताका अंगबीच कसले कसमाथि शक्ति प्रयोग गरेर […] The post बेथितिको अन्त्य गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदको म्याद नबढाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं ।  निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचन पछि सम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर २०७४ मा हाल कायम रहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी संघीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधिसभा तथा […]

प्रतिनिधि र प्रदेशसभा सांसदको कार्यकाल सकिसक्यो : सांसद देवकोटा

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताउनुभयो ।

सांसदको कार्यकाल मंसिर २१ गतेसम्म कायम रहन्छ : आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै सांसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर मंसिर २१ गते पदावधि स

नवनियुक्त प्रदेशसभा सदस्य बस्नेतले लिइन् शपथ

प्रदेश १ को सांसदमा नियुक्त भएकी हिमादेवी बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी  ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको थियो

बिदा भए राष्ट्रियसभाका २० सांसद : सुनाए ४ वर्षको यस्तो अनुभव

राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल सम्पन्न गरेका २० सांसदहरुको बिदाई भएको छ । ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो । उनीहरुको काठमाडौंमा एक होटलमा कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्षले शुक्रबार बिदाई गरे ।कार्यकाल सकिएर बिदाई हुन लागेका सांसदहरुमा एमालेबाट सुमनराज प्याकुरेल, कोमल वली, अगमप्रसाद बान्तावा राई, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ