काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अक्टोवर २५ देखि सुरु हुने ‘जापान मोविलिटी शो’मा सुजुकी वर्गम्यान इलेक्ट्रीक सार्वजनिक गर्ने भएको हो । कम्पनीले सुजुकी वर्गम्यान १२५ कै प्लेटफर्म प्रयोग गरेर बर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीक र हाइड्रोजन पावरबाट चल्नेगरी तयार गरेको हो । […]