रूसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा

एजेन्सी। रूसी सेनाले युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युट्युबमा पोस्ट गरिएको एक अन्तर्वार्तामा बताएका छन् । ‘रुसी सेनाले एउटा सानो रणनीतिक फाइदा हासिल गरे । उनीहरूले वुलेहिरस्क कब्जा गरे’, अरेस्टोभिचले भने । रुसी समर्थित सेनाले यसअघि पूर्वी युक्रेनमा रहेको सोभियत युगको कोइलाबाट चल्ने वुलेहिरस्क प्लान्ट कब्जा गरेको घोषणा […]

सम्बन्धित सामग्री

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट मिसाइल आक्रमणमा ध्वस्त

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ । मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा …

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको छ।

नेपालको विद्युत् र बंगलादेशको पावर प्लान्ट

नेपालले आफूसँग जलभण्डार रहेकाले हजारौं वाट बिजुली निकाल्न सक्ने र त्यसको निर्यात गरेर धनी बन्ने सपना देखिरहँदा बिजुलीका सम्भावित बजार भने आफ्नो आवश्यकता परिपूर्तिका लागि विभिन्न विकल्पमा जुटिसकेका छन् । नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्ने भनेको पनि कैयौं समय भइसक्यो तर तयारी भने केही पनि भएको छैन । उता बंगलादेशले भने रूपपुर न्यूक्लियर प्लान्टबाट २०२५ सम्म २ हजार ४ सय मेगावाट बिजुली निकाल्ने तयारी गरेको छ । उसले नेपालबाट ५० मेगावाट बिजुली किन्ने सम्झौता पनि गरेको छ जुन भारतको प्रसारण लाइनबाट त्यहाँ पुर्‍याइनेछ । यसका लागि भारत तयारसमेत देखिन्छ तर नेपालको सुस्त गतिका कारण कहिलेसम्म निर्यात थालिने हो निश्चित छैन । बंगलादेश मात्र नभई छिमेकी मुलुक भारतले पनि यतिखेर नवीकरणीय ऊर्जालाई निकै जोड दिइरहेको छ । नवीकरणीय ऊर्जा ऊर्जाको गतिलो स्रोत हो ।  संसारका कुनै पनि पनि स्रोत चिरस्थायी हुँदैनन् । त्यसैले जुन वस्तु र सेवा तत्कालीन रूपमा चाहिएको हुन्छ सोहीअनुसार नै उपयोगमा आएन भने भविष्यमा त्यस्तो वस्तुको उपयोगिता कति हुन्छ भन्न सकिँदैन । उपलब्ध स्रोतको अत्यधिक दोहन गर्ने र त्यसबाट प्राप्त आम्दानीले आय आर्जनको अर्को विकल्प तयार पार्ने काम सबैजसो देशले गरिरहेको पाइन्छ । उदाहरणका लागि साउदी अरबलाई लिन सकिन्छ । विश्वभरि नै खनिज ऊर्जाको विकल्प खोजी भइरहेकाले पेट्रोल बेचेर मात्रै हुँदैन भनी उसले आफ्नो देशलाई पर्यटनको केन्द्र बनाउन ठूलो लगानी गरिरहेको छ ।  नेपालमा अहिले जसरी नदी, खोलाबाट विद्युत् उत्पादनको सम्भावना देखिएको छ, त्यो सधैंभरि रहिरहन्छ भन्न सकिने अवस्था छैन, किनकि विश्व जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम देखिन थालिसकेको छ । नेपालमा अहिले जसरी नदी, खोलाबाट विद्युत् उत्पादनको सम्भावना देखिएको छ, त्यो सधैंभरि रहिरहन्छ भन्न सकिने अवस्था छैन, किनकि विश्व जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम देखिन थालिसकेको छ । नेपालका प्रमुख नदीहरू हिमालबाट उद्गम भएकाले यसको असरले नदीहरू सुक्ने सम्भावना पनि उत्तिकै छ । चिनियाँ वैज्ञानिकहरूले सन् २०५० सम्ममा सेता हिमाल काला हुने भविष्यवाणी गरेका छन् । नेपालले छिटो काम गरेमा अझै २०/२५ वर्ष यी हिमनदीको दोहन गरी लाभ लिन सक्छ । अन्यथा जलस्रोतमा धनी हौं भन्ने कुरा किताबमा मात्र सीमित हुन्छ र नेपालीहरू समृद्ध बन्ने आधार त्यसै खेर जान सक्छ । नेपालकोे काम गर्ने तौरतरीका सुधार नहुने हो भने नेपालमा एकातिर जलविद्युत्का ठूला परियोजना नबन्ने र अर्कोतर्फ पानीको समस्याको साथै बजार अभाव नआउला भन्न सकिँदैन ।  त्यसैले जलस्रोतबाट नेपालले साँच्चिकै लाभ लिने हो भने धमाधम जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गर्न सक्नुपर्छ र निर्यात थालिहाल्नुपर्छ । भारततर्फको बजार पनि सुनिश्चित गर्नुका साथै बढाउन पनि आवश्यक छ । यी दुवै काम नगर्ने हो भने नेपालको स्रोत त्यसै खेर जान सक्छ । भारत होस् वा बंगलादेश वा अन्य कुनै देश नै किन नहोस्, नेपालको मुख ताकेर कोही पनि बस्दैनन् । उनीहरू आफ्नो ऊर्जाको आवश्यकता पूरा गर्न सम्भव भएसम्मका सबैजसो विकल्पमा गइरहेका छन् । भारतले अहिले ठूला ठूला सौर्य प्लान्टहरू लगाइरहेको छ । आणविक ऊर्जामा पनि ऊ अगाडि नै छ । ब्याट्रीमा भइरहेको अनुसन्धान र नवीन प्रविधिका कारण ब्याट्री सस्तो हुँदै गएको छ । यस्तोमा सौर्य ऊर्जा सस्तो पर्छ ।  भारत र बंगलादेश दुवै तीव्र आर्थिक विकासको गतिमा दौडिइरहेका मुलुक हुन् । तर, नेपाल भने कछुवाको गतिमा छ । यसो हुनुको कारण यहाँको राजनीतिक अन्योल हो । राजनीतिक नेतृत्वले विकासको महत्त्व नबुझ्ने र खालि राजनीतिक एजेन्डामा मात्रै काम गर्दा विकास निर्माणको गति अन्य देशका दाँजोमा निकै कम छ । अहिले पनि नेपालमा आर्थिक समृृद्धिका लागि काम गर्नुभन्दा बढी कहिले संघमा त कहिले प्रदेशमा सरकार बनाउने र भत्काउने काममा राजनीतिक दलहरूको समय बढी खर्च हुने गरेको छ । सबैजसो देशमा नेतृत्व सही हुँदा आर्थिक विकासले गति लिएको पाइन्छ भने नेपालमा राजनीतिक नेतृत्व सधैं अस्थिर र विचारमा अधीर रहेकाले अगाडि बढ्न सकेको छैन । त्यसैले जलविद्युत्को विकल्प आउनुअघि नै नेपालले आफ्नो स्रोतको अधिकतम परिचालन गरिसक्ने गरी काम गर्न ढिला गर्नु हुँदैन ।

रूसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा

रूसी सेनाले युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले बताएका छन् । ‘रुसी सेनाले एउटा सानो रणनीतिक फाइदा हासिल गरे ।  उनीहरूले वुलेहिरस्क कब्जा गरे’, अरेस्टोभिचले भने । रुसी समर्थित सेनाले यसअघि पूर्वी युक्रेनमा रहेको सोभियत युगको कोइलाबाट चल्ने वुलेहिरस्क प्लान्ट कब्जा गरेको घोषणा गरेको थियो । पूर्वी दोनेत्स्क औद्योगिक क्षेत्रमा युक्रेनको आक्रामक सम्भावनालाई कमजोर पार्न रुसले रणनीतिक हमलाहरू प्रयोग गरेर अपराधबाट रणनी

रुसी आक्रमणमा परेकाे युक्रेनकाे आणविक प्लान्टकाे ‘आगाे निभाइयाे’

युक्रेनको आणविक पावर प्लान्ट (ऊर्जा केन्द्र) मा लागेको आगो निभाइएको छ । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाएइको पुष्टि गरेको बीबीसीले जनाएको छ । आपत्कालीन सेवाले आज शुक्रवार बिहान ६ बजेर २० मिनेटमा (स्थानीय समयअनुसार) जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जानकारी दिएको छ । त्यस आगलागीमा कसैलाई केही नभएको आपत्काली सेवाले सामाजिक सञ्जालमा स्टाटस लेखेको छ ।  रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो यस परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । आज बिहान रु...

युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी : युक्रेन

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसी सैनिकले जेपोरजिया न्यूक्लियर प्लान्टको चारैतिर गोलीबारी गरिरहेका छन् । यो युरोपकै सबैभन्दा ठूलो पावर प्लान्ट हो । स्थानीय अधिकारीहरुका अनुसार हमलाका कारण प्लान्टमा आगो लागेको छ । युक्रेनी विदेशमन्त्री कुलेबाले ट्वीटरमा लेखेका छन्, ‘रुसीहरुले तत्काल गोलीबारी बन्द गरुन्, ताकि अग्निनियन्त्रकहरु त्यहाँसम्म पुग्न सकुन् ।’ओपन न्यूक्लियर नेटवर्कका निर्देशक लाउरा रकवुडले ‘बीबीसी रेडियो ४’लाई बताएअनुसार युद्धका कारण युक्रेनको इल

युक्रेनको चेर्नोबिल न्युक्लियर पावर प्लान्ट रुसी फौजको कब्जामा

बीबीसी । रुसी सैन्य बलले चेर्नोबिल न्युक्लियर पावर प्लान्ट कब्जा गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलिआकले बिहीबार भएको ‘पूर्णतः अर्थहीन आक्रमण’ले युरोपमा गम्भीर खतरा उत्पन्न गरेको बताए । सन् १९८६ मा चेर्नोबिलमा भएको विस्फोटनले मानव इतिहासमा ठूलो जनधनको क्षति भएको थियो ।  युक्रेनका राष्ट्रपतिले रुसले आक्रमण जारी राखे त्यस्तो...

पुटिनले स्वीकार्दै भने, ‘चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा बलियो भयो’

चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियो लिङ्कमार्फत् चीनमा रुसी प्रविधिबाट सुसज्जित  थर्ड जेनेरेशनका चार न्यूक्लियर रियाक्टरको सुरुवात गरे । रुसले चीनमा यी चार न्यूक्लियर पावर प्लान्ट बनाएको छ । पर्यवेक्षकका अनुसार यी चार नयाँ न्यूक्लियर रियाक्टर चीन र रुसबीच ऊर्जा परियोजनााम सबैभन्दा ठूलो साझेदारी हो । यसलाई परमाणु ऊर्जा सहयोगको मामिलामा निकै महत्वपूर्ण मानिएको छ । रुस र चीनबीचको निकटता लगातार बढिरहेको अनुमान गरिएको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्