युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी : युक्रेन

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसी सैनिकले जेपोरजिया न्यूक्लियर प्लान्टको चारैतिर गोलीबारी गरिरहेका छन् । यो युरोपकै सबैभन्दा ठूलो पावर प्लान्ट हो । स्थानीय अधिकारीहरुका अनुसार हमलाका कारण प्लान्टमा आगो लागेको छ । युक्रेनी विदेशमन्त्री कुलेबाले ट्वीटरमा लेखेका छन्, ‘रुसीहरुले तत्काल गोलीबारी बन्द गरुन्, ताकि अग्निनियन्त्रकहरु त्यहाँसम्म पुग्न सकुन् ।’ओपन न्यूक्लियर नेटवर्कका निर्देशक लाउरा रकवुडले ‘बीबीसी रेडियो ४’लाई बताएअनुसार युद्धका कारण युक्रेनको इल