काठमाडौँ : नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको तत्काल व्यवस्था मिलाउन माग गरेका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लामा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।उनले ताप्लेजुङ जिल्ला राजमार्गबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्ले