उर्लाबारीका मेयर फागोविरुद्ध अभद्र व्यवहारमा मुद्दा

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका मेयर खड्गबहादुर फागो विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ ।मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन् ।उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र  गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । ‘उर्लाबारी–५ का विष्णुप

सम्बन्धित सामग्री

कपिलवस्तु नगरपालिकाकी उपमेयरविरुद्ध अभद्र व्यवहारको उजुरी

कपिलवस्तु नगरपालिका उपमेयर सुनिता गुप्तालाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ । बुधबार आयोजित १५औं नगरसभामा मेयर तथा नगरसभा सदस्यविरुद्ध अभद्र व्यवहार गरेको भन्दै गुप्तालाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो । नगरपालिकाका ८ जना वडाध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले हस्ताक्षरसहित उजुरी दिएका हुन् ।

एक्ली अभियान्ता प्रहरी हिरासतमा

१९ साउन, विराटनगर । विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक्लो आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै गत जेठदेखि महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी इन्दिरा चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको हो । विराटनगरका मेयर नागेश कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर […]

उर्लाबारीका मेयर ‘फरार आरोपी’को सूचीमा !

अभद्र व्यवहार कसुरमा प्रहरीले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई ‘फरार आरोपी’ को सूचीमा राखेको छ । उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई ‘फरार’को सूचीमा राखेको हो ।  गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेका मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पु...

उर्लाबारीका मेयरले सेवाग्राहीलाई कुटपिट गरेको आरोप

२ वैशाख, विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कार्यालयमा गुनासो लिएर आएका सेवाग्राहीलाई कुटपिट गरेको आरोप लागेको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उर्लाबारीकी नीता बस्नेतले आफ्ना पति नारायण बस्नेतमाथि मेयरसहितको समूहले कार्यालयमा कुटपिट गरेको दाबी गरिन् । साथै आफूहरुले न्याय माग्दा उल्टै अभद्र व्यवहार मुद्दा दर्ता गराएको बताइन् । सोमबार उर्लाबारी–५ […]