कपिलवस्तु नगरपालिकाकी उपमेयरविरुद्ध अभद्र व्यवहारको उजुरी

कपिलवस्तु नगरपालिका उपमेयर सुनिता गुप्तालाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ । बुधबार आयोजित १५औं नगरसभामा मेयर तथा नगरसभा सदस्यविरुद्ध अभद्र व्यवहार गरेको भन्दै गुप्तालाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो । नगरपालिकाका ८ जना वडाध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले हस्ताक्षरसहित उजुरी दिएका हुन् ।