काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बुधवारबाट शुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो । हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेका थिए। बैठकमा महामन्त्री गगनकुमार […]
आफ्ना दुई छोराछोरीको हत्या गरेको आरोप लागेकी कोलोराडोकी एक आमालाई बेलायतले अमेरिका सुपुर्दगी गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार ३७ वर्षीया किम्बरली सिङ्गलर कोलोराडोमा छोराछोरीको हत्या गरेपछि लन्डन फरार भएकी थिइन्। उनलाई डिसेम्बर २०२३ मा लन्डनबाट पक्राउ गरिएको थियो। वेस्टमिन्स्टर म्याजिस्ट्रेट्स कोर्टमा उनले आफूलाई अमेरिका सुपुर्दगी नगर्न माग गर्दै निवेदन दिएकी थिइन्। दोषी ठहर भएमा आफूले […]
काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया […]