४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा आयोगले राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गर्न लागेको हो । यसैक्रममा आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद […]