अवैध बन्दुकसहित एक जना पक्राउ

विरगञ्ज । बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । उनलाई चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।