काठमाडौं : सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार शुरु भएको छ। आज अपराह्न मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।आजै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको छ। चैत १६ गते दिउँसो ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक‚ मखन हुँदै हनुमानढोकासम्म रथ यात्रा हुनेछ।१७ गते दिउँसो ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ। चैत १८ गते साँझ ५:३० देखि