काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोगको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सिफारिस कार्यान्वयनका लागि कार्यदल गठन भइसकेकाले कार्यान्वयन हुने बताएका हुन् । उनले आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कमजोर नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । “आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच […]