ठेक्का सम्झौताको साढे १० वर्षमा बल्ल बन्यो पुल

निर्माण सम्झौता भएको साढे १० वर्षपछि बागमती प्रदेशको २ जिल्ला सिन्धुली र मकवानपुर जोड्ने बागमती खोलामा पुल निर्माण भएको हो । एक दशक लामो प्रतीक्षापछि पुल निर्माण भएकोमा स्थानीय भने दङ्ग छन् ।निर्माणका लागि ठेक्का सम्झौता भएर विगत १० वर्ष ६ महिनासम्म सम्पन्न हुन नसकेको पुल अझै पूर्ण रुपमा तयार भइसकेको भने छैन । निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । पुल नबन्दा विगतमा स्थानीयवासीले निकै सास्ती भोग्नु परेको थियो भने वर्षाको समयमा त खोलाले बगाएर केही व्यक्तिले ज्यानसमेत गुमाएका थिए ।२०६८ सा

सम्बन्धित सामग्री

ठेक्का सम्झौताको सात वर्षसम्म पनि बनेन पुल

निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण ठेक्का सम्झौताको सात वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको पुलको दुई वटा पिल्लर मात्र ठडिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, गिधनियास्थित तुईखोलामा पुल निर्माणका लागि २०७४ सालमा २०७६ असोज मसान्तमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।

दशक बित्नै लाग्यो पुल बनेन: नदी पारिको बजारमा तरकारी अभाव छ, वारि खेतमै कुहिन्छ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका १५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए । पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले निराश भएका छन् । बर्खायाममा कालीगण्डकीमा बाढीको सतह बढेर सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले तरकारी तथा फलफूल बारीमै कुहिने गरेको स्थानीयवासी बताउँछन् । 'वर्षामा बाढीका कारण सवारी चल्दैनन् । भरियालाई बोकाएर बजार लैजादा ढुवानी खर्चका कारण बढी मूल्य पर्छ', एक स्थानीयले भने, 'आयातित तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि बारीमै कुहाएर फाल्नु पर्छ ।' उनका अनुसार पुल नभएर स्थानीय किसना आम्दानीको अवसरबाट वञ्चित भएका छन् । पाँचौं पटक ठेक्का सम्झौताको म्याद थप भएको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । एक सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि विसं २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता ठेक्का सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक  १४ करोड १९ लाख ६५ हजार ८८१ पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले गत साउनमा कटान गरेर जोखिम बनाएको कार्यालयका प्रमुख अजय श्रेष्ठले बताए। उनका अनुसार डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो पुलको काम संघियता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवतजावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए। 'पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ,' उनले भने 'स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएका कृषि उपज निकासीमा समस्या भएको छ ।' गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले शनिबार निर्माणाधीन छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका थिए। 'पूर्वाधार विकास कार्यालय, मन्त्रालयका अधिकारी, निर्माण व्यवसायीसँग ढिलाइका विषयमा छलफल गरी निर्माणलाई गति दिने वातावरण बनाउछु,' उनले भनेका थिए, 'निर्माण व्यवसायीलाई काममा फर्काउन ताकेता भइरहेको छ । काम नगरे कारबाहीसँगै ठेक्का तोडेर पुल निर्माणलाई पूर्णता दिन्छौँ ।' मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाका अनुसार एलआरडिपीका विज्ञहरुको टोलीले हालै उक्त पुलको निरीक्षण गरेको र टोलीको सुझावका आधारमा जोखिम न्युनीकरण तथा पुल संरक्षणको काम गर्ने तयारी भएको छ ।रासस

पुल निर्माण सम्झौताको म्याद सकियो काम अझै सुरु भएन

रामेछाप– तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता गत असार मसान्तमा सकिएको हो । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो । हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो । पुल निर्माणका […]

सम्झौताको म्याद सकियो काम अझै सुरु भएन

मन्थली- तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन । तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो ।          राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो । हालसम्म उक्त पुलको...

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

म्याग्दी, ३ चैत । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार […]

सम्झौताको सात वर्षसम्म झोलुंगे पुल अधुरै

सात वर्षअघि निर्माण पूरा गर्ने भनेर ठेक्का सम्झौता भएको दुर्गम साइपाल गाउँपालिकाको एउटा झोलुंगे अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । पुल निर्माण भए पनि बाटो नबनेका कारण वारपार गर्न समस्या छ । स्थानीय श्रमिकले काम गरेको ज्याला नदिई ठेकेदार सम्पर्कविहीन भएका छन् ।

सूर्यविनायक–धुलिखेल सडकखण्ड : तीन वर्षमा निर्माण सक्ने सम्झौता

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्डको विस्तार तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल खण्ड चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो । कुल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किमी खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ छ । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा खण्ड भने ७ दशमलव ५ किमी छ । उक्त खण्डको ठेक्का ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा हालै सम्झौता भइसकेको विभागले बताएको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महीनाभित्र सक्नुपर्ने अधिकारीले बताए । साँघुरो सडकका कारण वर्षेनि ट्राफिक जाम बढ्दै गएपछि सो खण्ड विस्तार गर्न लागिएको हो । आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो । यस्तै पुल निर्माणका लागि छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले बताएको छ । यसका लागि डीपीआरमा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरका तीन पुल जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले बताएको छ । यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ । सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजना रोकेर योजना अघि बढाइने भएको हो । आयोजना प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । साथै बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकै रूपमा रहने बताइएको छ ।  रासस

मुग्लिन–नारायणगढ सडक : बजेट अभावले पुल निर्माणमा ढिलाइ

चितवन । निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि विस्तार गरिएसँगै पुल पनि फराकिलो बनाउने काम शुरू भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ ओटा पुल छन् । तीमध्ये चारओटा पुल निर्माण सडकसँगै सकिसकेको छ । बाँकी १५ ओटा पुल निर्माणका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।      सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलको भौतिक प्रगति औसत ५० प्रतिशत रहेको इञ्जिनीयर आचार्यले बताए । आठ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्न मात्र बाँकी छ । सडकसँग जोड्न घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए । उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ ओटा पुलमध्ये तीओटा पुलको काम अझै शुरू भएको छैन । दुईओटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुइन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई भुक्तानी दिन पनि बजेट अभाव भएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म १५ करोड मात्र बजेट प्राप्त भएको भन्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सातओटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठओटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का पुल निर्माणका लागि ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरूको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरूको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस

ग्वार्को फ्लाईओभर निर्माण गर्न ठेक्का सम्झौता हुँदै

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जोइन्ट भेन्चर कम्पनीसँग ठेक्का गर्न सम्झौता गरिने केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । अबको २ साताभित्र ठेक्का पाएको उक्त कम्पनीसँग ईपीसी पद्धतिमा ग्वार्को फ्लाईओभर निर्माण १७ करोड लगानीमा हुनेछ । ‘ग्वार्कोमा बन्ने फ्लाईओभर सम्झौताको चरणमा छ,’ झाले भने, ‘सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाइओभरका लागि आर्थिक सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं ।’ १ महीनाअघि यी दुई स्थानका फ्लाईओभरको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले जानकारी दिए । चक्रपथकै एकान्तकुना र सातदोबाटोमा बन्ने फ्लाईओभरको विभागले अध्ययन तथा डिजाइन गरिसकेको छ । यद्यपि ती फ्लाईओभर पनि ईपीसी पद्धतिमा निर्माण हुने उनको भनाइ छ । अर्र्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेमा यो चालू आर्थिक वर्षमै ती २ फ्लाईओभर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । यसैगरी गौशाला र कोटेश्वरमा बन्ने फ्लाइओभरको पनि अध्ययन भएको छ भने बानेश्वरमा बन्ने भनिएको फ्लाइओभरको अध्ययन भइरहेको झाले बताए । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएका बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको हो । खासगरी फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारणखालको ३५ मीटरको पुल बनाउने गरी विभागले डिजाइन तयार गरेको थियो । यद्यपि ईपीसी पद्धतिमा बन्ने भएपछि अब अन्तिम डिजाइन भने निर्माण कम्पनीले नै तयार गर्नेछ । चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्काे चोकमा ४ लेनमा फ्लाईओभर बन्नेछ । ४५५ मीटर लामो फ्लाईओभरमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट उक्त फ्लाईओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ ।

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प […]