सात वर्षअघि निर्माण पूरा गर्ने भनेर ठेक्का सम्झौता भएको दुर्गम साइपाल गाउँपालिकाको एउटा झोलुंगे अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । पुल निर्माण भए पनि बाटो नबनेका कारण वारपार गर्न समस्या छ । स्थानीय श्रमिकले काम गरेको ज्याला नदिई ठेकेदार सम्पर्कविहीन भएका छन् ।