काठमाण्डाै – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई बहुमतसहित मुख्यमन्त्रीको दाबी गर्न आउँदो सोमवार बेलुका ५ बजेसम्मको समय दिनुभएको ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमवार ४ बजेभित्र दाबी पेस गर्नुपर्ने छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको आवश्यक पर्छ । एमालेका २२ र माओवादीका आठ गरी ३० जना सांसद हुन्छन् । गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना उच्च छ ।