काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले डिजिटल लेड डिस्प्ले जडान गरी सो बोर्डमार्फत सन्देश प्रवाह सुरु गरेको छ ।
ग्राहक सम्बन्धलाई थप मजबुत बनाएर बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नवीनतम सेवाको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले २३६ वर्गफिटको डिजिटल लेड डिस्प्ले बोर्ड बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो ।
उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकका विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी चेतनामूलक सन्देश अंकित गरिएको बैंकले बताएको छ ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा डिजिटल लेड डिस्प्ले जडान सुरुआत गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतनासम्बन्धी जानकारी दिन थालिएको बैंकले जनाएको छ ।
यस किसिमको प्रविधि जडानले डिजिटल बैंकिङलाई थप टेवा पुग्ने विश्वास बैंकको छ । बैंकले हाल ९५ शाखा, ३१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।