गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ सालमा गौरवका आयोजनाअन्तर्गत पर्यटनतर्फ होमस्टे कार्यक्रम आरम्भ गर्दै प्रदेशको समृद्धिको पाइला सुरु गरेको बताएका थिए । स्याङ्जाको पञ्चमूल सिरुबारी र लमजुङको घलेगाउँ होमस्टेको सफलताबाट उत्साहित भएर गण्डकी सरकारले प्रदेशका ११ वटै जिल्लामा होमस्टे कार्यक्रम थालेको थियो ।