काठमाडौं : पछिल्लो एक हप्तादेखि कोरोना संक्रमण दर पुनः उकालो लागेको छ।नेपालमा गत वैशाख अन्तिम हप्तादेखि जेठको दोस्रो हप्तासम्म कोरोनाको दोस्रो लहर फैलँदा संक्रमणदर उच्च तहमा पुगेको थियो। पछिल्ला दिनमा ओरालो लागेर स्थिर अवस्थामा आइपुगेको संक्रमणको ग्राफ केही दिनयता फेरि उकालो लागेको थियो। हाल संक्रमणदर २५ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए। उनका अनुसार अहिले हरेक चा