पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् ।कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ । यो फिल्ममा उनी हास्य कलाकार जीतु नेपालसँगको जोडीको रूपमा देखिँदै छिन् । उनको रिलिज हुन बाँकी फिल्म ‘तिम्रो मेरो साथ’ पनि हो । अब भने उनी फिल्म ‘लण्डन टू पेरिस&rs