प्रधानसेनापति पूर्णचन्द्र थापा शनिबार कास्कीस्थित पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमणमा जाने भएका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हेडक्वार्टरको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्ने नेपाली सेनाले जनाएको छ।
सो क्रममा उनले सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।