काठमाडौं। नेपाल कपडा सिलाउने सियोमा पनि विदेशमै निर्भर रहेको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट १ करोड ३१ लाख ७१ हजार रुपैयाँको सियो आयात गरेको छ। सो मुल्यमा ३ करोड २६ लाख ८२ हजार ६४० वटा सियो नेपाल भित्रिएको छ। सियो आयात गर्दा सरकारले १८लाख९८हजार रुपैयाँ राजस्व संकलन गरेको छ।