पाल्पा : नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको बताएका छन्।नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताए।उनले भने, ‘एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने छ।’पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहर