कास्की – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको बताउनुभएको छ । आज मङ्गलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको बताउनुभएको हो । उहाँले सत्य र असत्यको लडाइँ बेला–बेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी सरकार र जनादेशी सरकारबीचको लडाइँ भएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘समय–समयमा सत्य र असत्यको लडाइँ हुन्छ, कहि...