काठमाडौँ। नेकपा एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाउने भएको छ। शनिबार एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले दैलेखमा टिकट दिने भएको हो।
शाहीलाई माओवादी केन्द्रले दैलेख क्षेत्र नं. २ (ख) बाट प्रदेश सभामा चुनाव लडाउने भएको हो।