काठमाडौँ – रामेछापमा सामूहिक रुपमा एमाले परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन्। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रामकृष्ण लामासहित ४२ जना प्रवेश गरेका हुन्। मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै जाँदा पार्टी बदल्नेहरुको संख्या पनि बढ्न थालेको छ।