दैलेखका क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र)ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई चुनाव लडाउने भएको छ । त्यसका लागि शाही काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग छलफलमा छन् । उनले शनिबार साँझ मात्रै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् । ‘ म अहिले त्यही कुराको छलफलमा छु,’उनले रातोपाटीसँग भने,‘ एक घण्टामा निष्कर्ष आउँछ ।’ शाहीले एमालेबाट प्रदेश सभाको लागि टिकट नपाएका कारण एमाले परित