दैलेख क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र) ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई टिकट दिएको छ । घनश्याम भुसाल प्रमुख रहेको एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका उनले भुसालले एमाले परित्याग गरेसँगै एमाले शनिबार साँझ एमाले परित्याग गरेका हुन् । ‘मैले टिकट पाइसकेको छु, अबको एक घण्टामा वारेसमार्फत मुख्य निर्वाचन आयोगको कार्यालय काठमाडौँमा मनोनयन दर्ता गराउँदै छु,’ शाहीले रातोपाटीसँग भने । शाही एमालेबाट पनि प्रदेश सभाका लागि सिफ