सामूहिक बंगुरपालनमा रमाउँदै कपुरकोटका किसान

सल्यान : कपुरकोट गाउँपालिकाका किसानले सामूहिक रुपमा व्यावसायिक बंगुरपालन सुरु गरेका छन्। मासु र पाठापाठीको माग बढेपछि गर्पा गाउँका२८ जना किसानले जनजागरण कृषि तथा पशुपालन समूह गठन गरी बंगुरपालन गरेका हुन्। उनीहरुको फार्ममा अहिले २०० वटा माउ बंगुर रहेको छ। आगामी वर्ष ५०० वटा माउ बंगुर पु¥याउने लक्ष्य रहेको समूहका अध्यक्ष शेरबहादुर पुनले बताए। उनले साना पाँच र ठूला १३ वटा फर्म निर्माण गरिएको बताए। कपुरकोट गाउँपालिका कृषि पकेट क्षेत्रका रुपमा चिनिन्छ। यस क्षेत्रबाट वार्षिक करोडौं रुपैय

सम्बन्धित सामग्री

लाखौँ कमाइ हुने तरकारी खेतीमा रमाउँदै किसान

अब सिजन सक्किनै लाग्यो । बारीमा लहरिएको काँक्राको बोट पहेंलो हुनथाल्यो । करिब अन्तिम सिजनका काँक्रा टिपेर सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाउने तयारी गर्दै हुनुहुन्छ ।

याक चौँरीका बथानसँग हिउँमै रमाउँदै चौँरीपालक किसान

हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।

याक चौँरीका बथानसँग हिउँमै रमाउँदै चौँरीपालक किसान

हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।

परम्परागत गाईपालनमा रमाउँदै किसान

महोत्तरी, २ चैत । बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पालेका छन् । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ । “स–साना […]

बगरखेतीमा रमाउँदै कैलालीका किसान

कैलाली । कैलाली धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त छिन् । हिउँदे मौसममा उनको समय बगरमै बित्छ । ‘बाह्रै महीना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ’, उनले भनिन्, ‘यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौं ।’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायत तरकारी उत्पादन गर्दै आएकी छिन् । हिउँदमा नदीको बहाव क्षेत्र साँघुरिने हुँदा बचेको बगरमा नै किसान तरकारी एवं विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको संख्या बढ्दै गएको छ । धनगढी उपमहागनरपालिका–१० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगरखेती गर्दै आइरहेका छन् । ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौं, कम खर्चमा राम्रो उत्पादन हुन्छ,’ उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमीनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानले सदुपयोग गरिरहेका हुन् । धनगढीकै जुगेडाकै माया रानाले पनि सात वर्षदेखि बगरखेती गर्दै आएकी छिन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौं वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौं,’ उनले भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ ।’ नेपाल–भारत सिमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमीन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमीन कटान गर्दै जाँदा नम्बरी जमीन पनि नदी पारिसम्म पुग्छ । बगर बनेको जमीन बाह्रै महीना प्रयोग गर्न नपाए पनि किसान यो समयमा भने बगरलाई तरकारी बाली लगाएर हरियाली बनाउँछन्, जसले उनीहरूलाई केही राहत दिन्छ । किसान बगरखेतीबाट मासिक रू. ३० देखि ५० हजारसम्म कमाउने गरेको बताउँछन् । किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजारलगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ । रासस

माहुरी पालनमा कमलका किसान

माहुरी घारमा रमाउँदै झापा, कमल गाउँपालिकाको मूल माहुरी पालक समूहका एक किसान ।

व्यावसायिक फूल खेतीमा रमाउँदै किसान

कपिलवस्तु – बारीभरि ढकमक्क फूल फुलेका छन् । नजिकिएको तिहारका लागि फुलेको फूल टिप्न भ्याइनभ्याइ भएको छ । फुलेका फूललाई कसैले टिप्ने र कसैले माला उन्ने काममा व्यस्त देखिन्छन् । बाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पँगेनीले घोराही उपमहानगर–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेको बारीमा देखिएको दृश्य हो यो । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिरहेका […]

पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

वर्षा ऋतुको आगमनसँगै मनसुनको झरीमा रमाउँदै हिलाम्मे खेत, हाथभरी धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् ।  आकाशभरि छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् ।मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकासे पानीले समयमै बेर्ना लगाएका छन् । जगरन

रेशम खेतीमा रमाउँदै देउखुरीका किसान

दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना भएर व्यावसायिक ‘सेतो सुन’को खेती  भएको छ ।  यसबाट अर्थोपार्जनसंँगै वातावरण पनि संरक्षण हुन्छ । किम्बुका बिरुवा रोपिएको वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ ।  र...

पक्की कुलो बन्दै, किसान रमाउँदै

दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी हुनुहुन्छ । उमेरले ६५ वर्ष नाघिसक्नुभएका उहाँ ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आउनुभएको थियो । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उहाँले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ ।