वर्षा ऋतुको आगमनसँगै मनसुनको झरीमा रमाउँदै हिलाम्मे खेत, हाथभरी धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् । आकाशभरि छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् ।मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकासे पानीले समयमै बेर्ना लगाएका छन् । जगरन