प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै खास अवस्थाबाहेक वर्तमान गठबन्धन सरकारकै निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गरेका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गरे । ‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भने ।