काठमाडौं : पाइलट पदोन्नती विवादले नेपाल वायुसेवा निगमको स्टोल 'विकट' रुटको उडान प्रभावित भएको छ।
विकट गन्तब्यतर्फ चिनियाँ जहाज वाइ-१२ उडान गर्दै आएका दुई जना वरिष्ठ क्याप्टेनले विरामी विदा र एक जना वरिष्ठ क्याप्टेनले राजीनामा दिएका छन्। स्टोलमै उडान भर्ने क्याप्टेन आङनुरी शेर्पाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।