काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताउनुभएको छ ।
आज मङ्गलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका प्रवक्ता महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताउनुभएको हो । उहाँले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । अन्य दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यकता भएकाले त्यो...