चिरिबावुविरुद्ध दर्ता भयो उजुरी, बेरुजु फर्छ्यौठ नगरेको दावी

कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरीबाबु महर्जनविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले उनीविरूद्ध उजुरी परेको जानकारी दिए।  निवर्तमान मेयर समेत रहेका महर्जन बेरूजुसम्बन्धी उजुरी ...

सम्बन्धित सामग्री

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट पेस गर्ने प्रक्रियामा हुने छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्न र बेरुजु...

बजेटमा घोषित नयाँ व्यवस्था कार्यान्वयनमा

काठमाठौं। नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारले गत जेठ १५ गते ल्याएको बजेट कार्यान्वयनमा आएको छ । सोमवारबाट नयाँ बजेट कार्यान्वयनमा आएसँगै यसअघिका थुप्रै व्यवस्थामा फेरबदल भएको छ ।  बजेटमा व्यवस्था गरिएको विलासिता कर र वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क पनि सोमवारबाट लागू भएको छ । हवाई उडानमा पनि मूल्य अभिवृद्धिकर लाग्न थालिसकेको छ । आर्थिक ऐन, २०८० मा हवाई यातायात सेवामा मूल्य अभिवृद्धिकर लाग्ने भएकोले कर लाग्ने कारोबारको सीमा २० लाख रूपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्ने उल्लेख छ । हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धिकरमा दर्ताको लागि दरखास्त दिनुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरूले प्रदान गर्ने सेवामा र १० लाखभन्दा बढीको बहुमूल्य धातुमा २ प्रतिशत विलासिता कर पनि कार्यान्वयनमा आएको छ । आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हीरा, मोति, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहनामा पनि सोही दरमा कर लागेको छ । ट्राभल एजेन्सीहरूले विक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क पनि सोमवारबाटै कार्यान्वयनमा आएको छ । आयकरमा नयाँ व्यवस्था लागू वार्षिक ५० लाख रूपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । भन्सार विभागले सोमवारदेखि नै आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउनुपर्ने बजेटमा आएको व्यवस्था कार्यान्वयनमा लगेको छ । आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुरुप विभागले उक्त व्यवस्था कार्यान्वनय गरेको हो । आर्थिक ऐन २०८० मा आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनुअघि तिनको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाउनुपर्ने प्रावधान राखिएको छ । त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालालाई जानकारी गराइसकेको छ ।  सोमवारदेखि लेबल नलगाई वस्तु बजारमा विक्री वितरण भएमा कारबाही हुने विभागका निर्देशक राजुप्रसाद प्याकुरेलले बताए । बजेट कार्ययोजनामा मुख्यसचिवको चासो नयाँ बजेट कार्यान्वयनमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले चासो देखाएका छन् । उनले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारी रूपमा काम गर्न विभिन्न मन्त्रालय र निकायका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्यालले नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा विभिन्न मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका थिए । बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न भनेका छन् । बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फछ्र्यौटमा समेत ध्यान दिन छलफल भएको थियो ।

बेरुजु र भ्रष्टाचार शून्य अरुण गाउँपालिका बनाउने शालिकराम खत्रीको उद्घोष

भोजपुर, १६ बैशाख । नेपाली कांग्रेसको तर्फबाट भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका शालिकराम खत्रीले बेरुजु र भ्रष्टाचार शून्य गाउँपालिका बनाउने उद्घोष गरेका छन् । उनले आफ्नो मुख्य लक्ष्य सार्वजनिक गर्दै अरुण गाउँपालिकालाई बेरुजु र भ्रष्टाचारमुक्त बनाउने बताए । ’बेरुजुको नियन्त्रण र अन्त्य तथा प्रणालीबद्ध सञ्चालनको प्रतिबद्धता तथा आफ्नो गाउँपालिका भ्रष्टाचारमा शून्य बनाउने लक्ष्यसहित, […]

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ

काठमाण्डाै – पालिका चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेद्वार रहेका चिरिबाबु महर्जनविरुद्ध बेरुजु फर्छ्याैट नगरेको भन्दै उजुरी परेको छ । यस्तै ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्...

स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भएको र नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ । यस्तै स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको हुनुपर्नेछ । यस्तै कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्

सरकारी तिरो बाँकी रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

यसपटक आगामी स्थानीय तहको चुनावमा एउटा नयाँ अभ्यासको थालनी हुने भएको छ, जसले आम जनताको भावनाको कदर गरेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि …

व्यक्तिगत बेरुजु हुने जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने !

३ फागुन, काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ । स्थानीय तहलाई पारदर्शी […]

यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडले घट्यो

असोज १६, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनको आम्दानी ३ करोडभन्दा बढीले घटेको छ । चालू आर्थिक वर्ष ०७८/०७९ को साउन महीनाभन्दा भदौ महीनामा आम्दानी ३ करोड ११ लाख ८० हजार ६२६ रुपैयाँले कम संकलन भएको  हो ।  साउन महीनामा कार्यालयले सबै शीर्षकमा गरी ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैयाँ संकलन गरेको थियो भने भदौ महीनामा यो अनुपात घटेर ४करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ मात्र संकलन गरेको छ ।  कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।  सबैभन्दा बढी आम्दानी सवारीसाधन करबाट  कार्यालयले सबैभन्दा बढी आम्दानी सवारी साधन कर शीर्षकबाट गर्दै आएको छ । जसअनुसार भदौ महीनामा यस शीर्षकबाट ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी भएको छ ।  यस्तै चालक अनुमति पत्र एवम् सवारी किताब सम्बन्धी दस्तुरबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेको छ भने यातायात क्षेत्रको आम्दानीबाट ४५ लाख  १५ लाख ४ हजार ८१० रुपैयाँ आम्दानी गरेको छ । बेरुजु शीर्षक र प्रशासनिक दण्ड जरीवानाबाट कुनै रकम संकलन भएको छैन ।  कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिमका कारण बढी भीडभाड बढी हुने कार्यालय लगातार १० दिन बन्द गरेकोले यो कार्यालयको पनि राजस्व संकलनमा कमी आएको बताए । ‘भदौमा १० दिन बन्द हुँदा आम्दानी स्वतः एक तिहाईले नै घट्ने भयो ।’ उप्रेतीले भने ।  कार्यालयमा असार मसान्त र चैत्र मसान्तमा अत्याधिक चाप हुनाले असारमा १० करोडको हाराहारीमा राजस्व संकलन भएको उनले जानकारी दिए । ‘असारमा भन्दा साउनमा राजस्व संकलन त केही कम हुन्छ उनले भने, नयाँ आर्थिक वर्षमा राजस्व तिर्ने सवारीधनीको चाप पनि उत्तिकै हुन्छ ।’  कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए ।