रुकुम– जाजरकोटको भेरी नगरपालिकाका नवराज बिकलगायत ६ जनाको जघन्य हत्या सम्बन्धी मुद्दामा आज पनि रुकुम जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ । रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हिजोदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज पनि बहस भइरहेको हो । हिजो सरकारी वकिल तथा पीडित पक्षका ९ जना कानुन व्यवसायीले बहस गरेका थिए […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत शुक्रबार जवाफी बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा तीन देखि सन्दीपको थुनछेक बहस जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता गराएको बलात्कार मुद्दामा बिहीबार उनको तर्फबाट बहस सकिएको थियो । हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी […]
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका
काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए। बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास स
काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेर अदालती प्रक्रियामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सात जनाले बहस गरेका छन् । लामिछाने र पीडित किशोरीको तर्फबाट सातजना अधिवक्ताहरुले बहस गरेका हुन् । लामिछानेको थुनछेक बहस अझै जारी रहेको छ । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध […]
पोखरा । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस जारी छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस गरिरहेका छन् । शाहका ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्नेछन् । उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन […]
काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सुरु भएको छ । आईतबार सुरु भएको बहसमा अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस जारी छ । सभामुखको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको लागि २ घण्टाको समय छुट्याईएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]
काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले बहस शुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उनले बहस शुरु गरेका हुन् । सरकारी वकिलले बुधबार बहस...
The post प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ जारी appeared first on Purbeli News.
काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज चौंथो दिन पनि रिटनिवेदक तर्फका कानुन व्यवसायीले नै बहस गर्नेछन्।कुल १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट बहसको समय बाँकी रहेपछि आज पनि रिट निवेदककै तर्फबाट बहस जारी रहने भएको हो।असार ९ गतेबाट संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ। शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल,अधिवक्ता डा.दिनमणि पोखरेल, सुनिल पोखरेल,टिकाराम भट्टराई,मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका थिए।