संवैधानिक इजलासमा आज पनि निवेदक तर्फबाटै बहस जारी रहने

काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज चौंथो दिन पनि रिटनिवेदक तर्फका कानुन व्यवसायीले नै बहस गर्नेछन्।कुल १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट बहसको समय बाँकी रहेपछि आज पनि रिट निवेदककै तर्फबाट बहस जारी रहने भएको हो।असार ९ गतेबाट संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ। शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल,अधिवक्ता डा.दिनमणि पोखरेल, सुनिल पोखरेल,टिकाराम भट्टराई,मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका थिए।

सम्बन्धित सामग्री

संवैधानिक इजलास आज बस्दै

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवार पनि जारी रहने भएको छ । यसअघि आइतबारको इजलास मंगलवार बस्नेगरी हेर्दाहेदैमा सकिएको थियो ।  आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा प्रश्न उठेपछि  उनीहरुलाई इजलासमा राख्ने नराख्ने विषयमा बहस भएको थियो ।  अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो । रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जन...