अभिनेता शाहको मुद्दामा बहस जारी

पोखरा । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस जारी छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस गरिरहेका छन् । शाहका ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्नेछन् । उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन […]

सम्बन्धित सामग्री

अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी, आजै टुंग्याउने तयारी

काठमाडौं । उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दामा भइरहेको बहसलाई अदालती समयपछि पनि न्यायाधीशले निरन्तरता दिएका छन् । बहस टुंग्याएर आजै फैसला गर्ने तयारी रहेको अदालत स्रोतको दाबी छ । सामान्यतया अदालतको समय ५ बजेसम्म हो । ५ बजे बहस नसकिएको अवस्थामा न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राख्न सक्छन् । तर, न्यायाधीश चाहेमा समय लम्ब्याएर फैसला सुनाउन […]

सन्दीपको मुद्दामा बहस जारी, आजै आउला फैसला ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको छ । सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा […]

इच्छाराज तामाङ विरुद्धको मुद्दामा बहस जारी

काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको छ । मंगलबार न्यायाधीश रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको हो । गत भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दावी गर्दै […]

प्रधानमन्त्री ओलीका वकिलहरुको तर्क- ‘निर्वाचनमा जानु संवैधानिक कदम’

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, महेश नेपाल, विष्णु भट्टराईसहित ११ जनाले बहस गर्नुभएको छ ।

विघटनको मुद्दामा बहस जारी

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बिहीबार तीन सरकारी वकिलले बहस गरेका छन् । उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय जायज र संविधानसम्मत रहेको तर्क गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरे ।

तोकिएको मितिमा निर्वाचन भएन भने सरकार असक्षम हुन्छ : यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन् ।उनले प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दामा बहस जारी रहेकोले अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्ने स्पष्ट पारेका छन् । अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले […]

संसद विघटनको मुद्दामा बहस जारी : मंगलबार सकियो, अब बुधबार सुनुवाइ

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमाथिको बहस मंगलबारका लागि सकिएको छ । मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरु शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका छन् । मंगलबारको सुनुवाईका क्रममा प्रधानन्यायाधिश चेलेन्द्रशमशेर राणाले ‘यदि अदालतबाट संसद पुर्नस्थापना भएमा र फेरि प्रधानमन्त्रीले संसदमा गएर प्रक्रियाअनुसार विघटन गरेमा हामीले कस्तो हल गर्ने ?,’ भनी बहसमा सहभागी अधिवक्तालाई प्रश्न समेत सोधेका थिए । सो क्रममा बहसमा रहेका अधिवक्ता हर्क रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको बताउँदै संसद पुर्नस्थापनामा नै जोड दिदै धारणा राखेका थिए । मंगलबारको बहसमा सहभागि अन्य अधिवक्ताहरुले समेत प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि असंवैधानिक रुपमा संसदमाथि आक्रमण गरेको भन्दै बहस गरेका थिए । उनीहरुले अदालत प्रति जनताको आशा र भरोसा रहेकाले जनताले अदालतमा भइरहेको सुनुवाइलाई नियालिरहेको समेत भनेका छन । मंगलबारको इजलासमा अधिवक्ता ज्ञवालीले बहस गर्दै गर्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । जारी संवैधानिक इजलास माथिको बहस अब भोलि बुधबार हुने छ । बहसमा सहभागि हुन तीन सय बढीले नाम टिपाएका छन ।