१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित हुने गरी पोखरामा हुने खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरीप्रसाद बस्यालले निर्माण हुँदै गरेको पोखरा रङ्गशालाको अवलोकन गर्दै पोखरामा निर्माण हुने साग लक्षित खेल पूर्वाधारमा आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।