पुल निर्माण तीव्र

महेन्द्रनगर-कञ्चनपुरमा सडक डिभिजन महेन्द्रनगरअन्तर्गत रहेका पुल निर्माणकार्य तीव्र गतिमा भइरहेको छ ।डिभिजन महेन्द्रनगर कार्यालयले आर्थिक वर्ष ०७२∕७३ देखि यताको समयमा सम्झौता भएर ठेक्का लागेका पुल निर्माणमा तीव्रता दिएको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीका अनुसार जिल्लामा निमार्णाधीन ५४ पुलमध्ये ३७ पुल निर्माण भइसकेका छन् । यस्तै निमार्णाधीन ५४ पुलमध्ये १७ वटा […]

सम्बन्धित सामग्री

त्रियुगा पुल निर्माण तीव्र

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग हडिया र देवधारलाई जोड्ने गरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । त्रियुगाकै सिवाही

मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

मादी-सेती नदीमा पक्की पुल निर्माण तीव्र

व्यास नगरपालिका-३ देउराली नगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्ने मादी-सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ ।

कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण तीव्र

तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कामले गति लिएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो । कोरोना कहरले विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । २०७७ जेठदेखि निर्माण शुरू भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म छ । हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ । ‘कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ,’ उनले भने । सिग्देलका अनुसार हालसम्म दुईओटा पिल्लरको क्याप बनेको र दुईओटा फाउण्डेसन सकिएको छ । ‘नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनुपर्ने काम भने बाँकी छ,’ उनले भने । २१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौंस्थित शर्मा जेभी एण्ड युनाइटेड बिल्डर्सले पाएको छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । रासस

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको पुल निर्माण तीव्र गतिमा

फागुन १२, तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कार्यले गति लिएको छ ।  तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो ।  कोरोना कहरका कारण विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।  विसं २०७७ जेठदेखि निर्माण शुरु भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म रहेको छ । हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ ।  ‘कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ’, उनले भने । सिग्देलका अनुसार हालसम्म दुई ओटा पिल्लरको क्याप बनेको र दुई ओटा फाउण्डेसन सकिएको छ । ‘नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनु पर्ने काम भने बाँकी छ’, उनले भने । २१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ ।  उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ ।  डबल लेन प्रविधिमा निर्माण हुने पुल रू. २७ करोड लागतमा संघीय सरकारको बजेटमार्फत् निर्माण भइरहेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।  यहाँ पुल निर्माण शुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो । पुल निर्माण भएपछि सहजरुपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीयवासी लाभान्वित हुनेछन् । रासस

हुलाकी सडक : बलान र कमला नदीमा पुल निर्माण, तीव्र गतिमा सडक कालोपत्र

लहान : लामो समयको प्रतीक्षापश्चात् पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहाको बलान नदी र कमला नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् । हुलाक सडकअन्तर्गत सिरहा र सप्तरी जोड्ने बलान नदी तथा सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह बढेको हो । विगत एक दशकदेखि निर्माणाध…

बेगखोलामा पक्की पुल निर्माण तीव्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सझौताअगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिएको छ। सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो।

महाकालीमा ४ लेनको पुल निर्माण तीव्र

कञ्चनपुरको भुजेलामा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणकार्य तीव्र पारिएको छ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्यलाई अगाडि बढाएको छ । निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा÷ढुंगा र गिट्टी संकलन गरेको छ ।