बनेपा नगरपालिकास्थित पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालय सञ्चालनमा ल्याउन विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाका विषयमा नीति निर्माण