खोटाङ- साकेला गाउँपालिका-५ मात्तिमविर्तामा सम्झौता म्याद नाघेको चार वर्ष बित्दासमेत स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा हुन सकेको छैन । २०७६ सालमा सम्पन्न हुनुपर्ने स्वास्थ्यचौकीको भवन ठेकेदार कम्पनी यूएस-नाना जेभी निलकण्ठ-३ धादिङको ढिलासुस्तीका कारण अलपत्र बन्न पुगेको हो । दुई वर्षमा पूरा गर्नेगरी २० कात्तिक २०७२ मा सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम छाडेर अलपत्र पारिएको मात्तिमका […]