खोटाङ– ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् । हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन […]