खोप खरीदका लागि भीमदत्तले माग्यो अनुमति

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोनाविरुद्धको खोप खरीदका लागि संघ सरकारसँग अनुमति माग गरेको छ । नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन नगरपालिकाले खोप खरीदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति माग गरेको हो । नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा नेपालको पश्चिमी नाकामा रहेको यस नगरपालिकामा संक्रमणको जोखिम उच्च रहेको अवगत गराउँदै तत्काल खोप उपलब्ध गराउन र मापदण्ड अनुसार नगरपालिकालाई खोप खरीदका लागि अनुमति दिन माग गरिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले सक्रिय रूपमा काम गरिरहेको बताइएको छ । नगर प्रमुख विष्टले नेपाल सरकारसँग आवश्यक मात्रामा खोप पठाइदिन आग्रह गरिएको जानकारी दिए । ‘नेपाल सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरेका छौं,’ उनले भने, ‘सरकारले उपलब्ध गराउन नसकेमा तत्काल नगरपालिकालाई खोप खरीदका लागि अनुमति दिन माग गरेका छौं ।’ संघीय सरकारले अनुमति दिएमा खोप ल्याउन तत्काल खरीद प्रक्रिया अगाडि बढाइने उनले बताए ।

सम्बन्धित सामग्री

अर्को भारतीय खोपले माग्यो आपतकालीन प्रयोगको अनुमति

एजेन्सी। भारतको अहमदाबादस्थित फर्मा कम्पनी जायडस कैडिलाले बनाएको कोरोना भाइरसविरुद्धको खोप ‘जायकोभ–डी’ को आपतकालीन प्रयोगका लागि भारतको औषधि महानिन्त्रक (डीसीजीआई)सँग अनुमति मागेको छ। यो खोपले अनुमति पाएमा भारतमा जोयकोभ–डीले प्रयोग अनुमति पाएमा कोरोनाविरुद्ध प्रयोग गर्न पाँच वटा खोप हुनेछन्। यसअघि कोभ्याक्सिन, कोभिशिल्ड, स्पुतनिक–भी, मोडेर्नाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन्। जायकोभ–डी बच्चाहरुका लागि समेत उपयोगी हुने बताइएको छ।

भारतीय कम्पनी जायडसले माग्यो कोरोना खोप 'जायकोभ डी' को आपतकालीन प्रयोगको अनुमति

कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘डीसीजीआईमा आपतकालीन प्रयोगका लागि अनुमतिका लागि निवेदन दिएको छ। यो खोप प्लाज्मिड डिएनए खोप हो। यो खोप  प्रौढ मात्र नभएर १२ देखि १८ वर्ष उमेरसम्ममा पनि देखिएको छ।’

नगरबासीका लागि कोरोना खोप आफैं खरिद गर्न भीमदत्तले स्वास्थ्यसँग माग्यो अनुमति

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण नगरबासीलाई यथाशीघ्र खोप लगाउनुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन संघ सरकारसँग माग गरेको छ । भीमदत्तका नगर प्रमुख (मेयर) सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन वा खोप खरिदका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरेको छ । ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरबासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरबासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड अनुसार कोरोना भ...

धनगढी उपमहानगरले कोरोना खोप खरिदका लागि माग्यो संघ सरकारसँग अनुमति

धनगढी उपमहानगरपालिकाले कोरोनाविरूद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति मागेको छ।

बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति

विराटनगर / आफ्ना नागरिक बचाउने अभियानमा रहेको मोरङको बेलबारी नगरपालिकाले सङ्घीय सरकारसँग कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको छ । सङ्घीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफैले खरिदका लागि अग्रसरता देखाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदको स्वीकृति माग गरेका छन्... The post बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति appeared first on Purbeli News.

नुवाकोटको पञ्चकन्या गाउँपालिकाले खोप किन्न माग्यो अनुमति

त्रिशूली। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले कोरोना रोगविरुद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गर्दै पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन्। उनका अनुसार गाउँपालिकाभित्र दैनिक कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै रो विरुद्ध लगाउने खोप सिधै खरिद गर्न नपाउने कानूनी प्रावधान भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागिएको हो। (रासस)

वीरगञ्ज महानगरले माग्यो खोप खरीदको अनुमति

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले संघ सरकारसँग कोरोना विरुद्धको खोप खरीदको अनुमति मागेको छ । महानगरले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर वीरगञ्जमा खोप अभियान सञ्चालनका लागि यस्तो अनुमति मागेको हो । महानगरका एक लाख बासिन्दालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकाले त्यसका लागि खोप किन्न संघ सरकारको अनुमति मागिएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । ‘अहिले समुदायस्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रणको एकमात्र उपाय यसको खोप नै हो । नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन खोप अभियानको सञ्चालनको लक्ष्य राखेका छौं,’ प्रमुख सरावगीले भने, ‘संघ सरकारले यथाशीघ्र अनुमति दिएर सहयोग गर्ने विश्वास लिएका छौं ।’ महानगरका कम्तीमा एक लाख बासिन्दालाई खोप लगाउन सके महामारी नियन्त्रणमा सहज हुने अनुमान महानगरको छ । सरकारबाट स्वीकृत प्राप्त खोप खरीदको अनुमति र अन्य सहयोगका लागि समेत आग्रह गरिएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए । समुदायस्तरमा फैलिएको कोरोनाका कारण लक्षणसहितका संक्रमितको संख्या बढिरहेको र उपचारमा कठिनाइले अकालमा ज्यान गुमाउने अवस्था रहेको महानगरको पत्रमा उल्लेख छ । सबै नागरिकमा खोप पुर्‍याउने संघ सरकारको प्रयास प्रभावकारी हुन नसकेकोतर्फ महानगरले पत्रमार्फत ध्यानाकर्षण गराएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर खोप खरीद र प्रयोग गरिने पनि महानगरले बताएको छ ।

खोप खरिदका लागि वीरगञ्जले मन्त्रालयसँग माग्यो अनुमति

मुकेश बस्नेत वीरगंज, १० जेठ । वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरूद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो । कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग […]

वीरगन्ज महानगरपालिकाले माग्यो एक लाख खोप खरिदका लागि अनुमति

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आफ्नो नगरवासीहरुको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले खोप खरिद गर्ने निर्णय गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिनुभयो । उहाँले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मंत्री समक्ष माग […]