कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण नगरबासीलाई यथाशीघ्र खोप लगाउनुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन संघ सरकारसँग माग गरेको छ ।
भीमदत्तका नगर प्रमुख (मेयर) सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन वा खोप खरिदका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरेको छ ।
‘कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरबासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरबासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड अनुसार कोरोना भ...