विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् । हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको