कोभिड महामारीले थलिएको होटेल तथा पर्यटन उद्योगलाई बचाउन राज्यले चासो नदेखाउँदा गम्भीर संकट देखिएको छ । देशभरका होटेल/रिसोर्ट आर्थिक संकटमा परेर सञ्चालन खर्चसमेत धान्न नसक्ने गरी थला परेका छन् । व्यवसाय चौपट...
भक्तपुर- सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्द्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ। भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकारसहित सूर्यविनायकमा असार १५ देखि १७ सम्म मेला हुने भएको हो। नगरपालिकाको उपलब्धीका साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना […]
विगत दुई वर्षअघिदेखि कोरोना महामारीका कारण खस्किएको पर्यटन व्यवसायले बिस्तारै काँचुली फेर्न थालेको छ । आजकाल पहिलेको तुलनामा पर्यटकको आगमन बढ्दै जान थालेको छ । पर्यटकीय क्षेत्र चलायमान हुन थालेपछि पर्यटन व्यवसाय फस्टाउँदै गइरहेको छ ।तथ्यांकअनुसार सन् २०२२ को मार्च महिनासम्ममा ४० हजार ६ सय जना पर्यटक नेपाल भित्रिएका छन् । पर्यटकको संख्यामा वृद्धि भएसँगै […]
पर्यटन क्षेत्र प्रवद्र्धन गर्न र गतिशीलता बनाउननेतर्फ सरकारले हालसम्म खासै काम गरेको छैन । कोरोना महामारीबाट ग्रसित सो क्षेत्रलाई गति दिन लाग्नुपर्ने सरकार महामारी रोकिँदासमेत उदासीन देखिएको छ । ठोस कदम चाल्नु त परै जाओस् हालसम्म पनि विदेशी पर्यटक आगमनमा अनिवार्य होटल क्वारेन्टिनको व्यवस्था यथावत् नै राखेर सरकारले गैरजिम्मेवारीपन देखाएको पर्यटन व्यवसायीहरूको आरोप छ ।‘पर्यटन प्रवद्र्धन मामलामा सरकार किन यतिविघ्न कठोर बनिरहेको छ भन्ने हामीले बुझ्न सकिरहेका छैनौं । धेरै देशहरूले अहिले आफ्नो प
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताएका छन् ।कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको उनले बताए । नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजित कार्यक्रममा उनले कोभिडले गर्दा नेपालको पर्यटन उद्योग बढी समस्यामा रहेकाले […]
होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन […]
कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प छ । सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड–१९ को प्रकोप कहिले नियन्त्रणमा आउने हो, कुनै ठेगान छैन । सरकारले विगतमा पनि उद्योग–व्यवसायलाई राहत पुग्नेगरी आर्थिक प्याकेज ल्याएको भए पनि सबै वर्ग, तहको त्यसमा पहुँच नपुगेको गुनासो गर्दै आएका थिए । सरकारले यस वर्ष पनि बजेटमार्फत नै उद्योगी–व्यवसायीलाई राहत […]
सन् २०२० मा विश्व पर्यटन उद्योगमा ४ दशमलव ७ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापार नोक्सानी भएको र पर्यटन क्षेत्रबाट विश्वको कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान ५० प्रतिशतले कटौती भएको अनुमान छ । सन् २०२० को विश्वभरका पर्यटक आगमनको संख्या र कारोबार करीब ४० वर्षअगाडि अर्थात् सन् १९८० को दशकको अवस्थामा फर्किएको देखिन्छ । विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले सन् २०२० विश्व पर्यटनको इतिहासमा सवैभन्दा खराब वर्षको भएको बताएको छ । विश्व पर्यटन संगठन संयुक्त राष्ट्रसंघ मातहतको निकाय हो जसले जिम्मेवार, दिगो र विश्वव्यापी रूपमा पहुँचयोग्य पर्यटनको प्रवर्द्धनका लागि काम गरिरहेको छ । यस संगठनले विश्वव्यापी रूपमा दिगो विकास र गरीबी निवारणका लागि दिगो पर्यटन नीतिसहित विश्वभरका १ सयभन्दा बढी मुलुकहरूमा प्राविधिक सहायताका माध्यमबाट पर्यटन विकासका लागि महत्त्वपूर्ण कामहरू गरिरहेको छ । मूलतः कोभिड–१९ को महामारी विश्वभर फैलिएपछि त्यसको नियन्त्रणका लागि यात्रामा प्रतिबन्ध लागेसँगै विश्व पर्यटन बजार अधोगतितर्फ लागेको थियो । उक्त संगठनले महामारीमाथि पूर्णरूपमा नियन्त्रण कायम गर्न सफल भएमा सन् २०२४ देखि मात्र विश्वपर्यटन कोभिड–१९ पूर्वको नियमित अवस्थामा फर्कन सक्ने प्रक्षेपण गरेको छ ।
सन् २०२० मा विश्वभर पर्यटक आगमनको संख्या र कारोबार आँकडामा करीब ७५ प्रतिशतले ह्रास आएको थियो । अनुपातका आधारमा यो ह्रास सम्भवतः द्वितीय विश्वयुद्धयताको सबैभन्दा खराब हो ।
सन् २०२० मा विश्वभर पर्यटक आगमनको संख्या र कारोबार आँकडामा करीब ७५ प्रतिशतले ह्रास आएको थियो । अनुपातका आधारमा यो ह्रास सम्भवतः द्वितीय विश्वयुद्धयताको सबैभन्दा खराब हो । पछिल्लोपटक सन् २००८ को आर्थिक मन्दीताका करीब ४ प्रतिशतको गिरावट आएको थियो । सन् २०२१ भित्र नै विश्व पर्यटन पूर्ववत् रूपमा फर्कन खोज्ने अपेक्षाविपरीत कोरोना महामारीको संकटका कारण विभिन्न भूभागहरूमा यात्राको प्रतिबन्ध कायमै छ । ट्राभल्स, एयरलाइन्स र होटेलहरू मूलतः महामारी फैलिरहेको क्षेत्रमा सबैभन्दा बढी आर्थिक संकटमा परेका छन् भने कुल उत्पादनमा पर्यटनको अंश विकासशील मुलुकहरूमा अति खराब स्थितिमा पुगेको देखिन्छ । पर्यटनमा आएको उल्लेख्य ह्रासले रोजगारीमा परोक्ष असर गरेको छ भने आर्थिक वितरणमा असामानता चुलिँदै जान थालेको छ ।
आर्थिक रूपमा कोरोना महामारीबाट सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने क्षेत्र पर्यटन नै हो । अबको दिनमा सबै सरोकारपक्षको पहिलो चासो यो क्षेत्रलाई पुनर्जीवित गर्नु हो । महामारीको छोटो समयमा नै अन्य क्षेत्रहरूमा अत्याधुनिक प्रविधि र प्लेटफर्महरू तयार भई आफ्नो वर्चस्व पुनर्जीवित भइसकेका छन् । पर्यटन क्षेत्रले त्यो क्षमता राख्दैन जसका कारण कोभिड–१९ नै चुनौती बनेको छ । तसर्थ महामारीको नियन्त्रणपश्चात् छिटो पुनर्जीवित गर्न ठोस रणनीतिहरूसहित त्यसको कार्यान्वयनको स्पष्ट मार्गचित्र आउनुपर्ने हुन्छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूले यो समयलाई पर्यटनको पुनरुत्थानका लागि कार्ययोजनासहितका संरचनागत सुधारहरू गर्नेजस्ता आन्तरिक गृहकार्य गर्नेगरी उपयोग गर्न सक्छ । साथै, पर्यटनको पुनर्जीवनका लागि अहिलेदेखि नै कूटनीतिक क्षमतालाई सुदृढ र विस्तार गर्ने किसिमले प्राथमिकताका साथ कामहरू शुरू गर्न आवश्यक छ ।
नेपालजस्ता अल्पविकसित मुलुकहरूले कोभिड–१९ को असरमा केन्द्रित भई पछिल्लो समयको पर्यटनको अवस्था र यस क्षेत्रमा परेको असरसँगै त्यसको न्यूनीकरणका लागि क्षेत्रीय रूपमा साझा रणनीतिहरू तयार गर्न सक्छन् । पछिल्लो समय भारतबाट उत्परिवर्तित कोभिडको नयाँ भेरिएन्टले दक्षिण एशियालाई नराम्रोसँग प्रभावित गरेको छ । भारतसँग सिमाना जोडिएका मुलुकहरू श्रीलंका, बंगलादेश र म्यान्मार, नेपालजस्ता मुलुकहरूमा यसको वृद्धिदर उच्च देखिएको छ । दक्षिण एशियाको कमजोर स्वास्थ्य प्रणाली र अर्थव्यवस्थाका कारण लाखौं परिवार गरीबीको चपेटा पुगेका छन् । दक्षिण एशियाका मुलुकहरू महामारीलाई नियन्त्रण गर्न र अर्थतन्त्र सुधार गर्न बाहिरी विश्वको सहयोग खोजिरहेका छन् । बंगलादेश, नेपाल र म्यानमार सरकारहरूले खोप आपूर्तिका लागि कूटनीतिक पहल गर्नु आवश्यक छ । विभिन्न क्षेत्रीय संगठनहरूमा आबद्ध यी मुलुकले कोभिड–१९ को प्रतिरोध र पर्यटनको पुनरुत्थानका लागि साझा कार्यक्रमहरू तयार गरी लागू गर्न आवश्यक छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेक वा अन्य बहुपक्षीय साझेदारीका फोरमहरूलाई उपयोग गरी साझा रणनीति र कार्यक्रमहरू तयार गर्न सकिन्छ ।
कोभिड–१९ को महामारीपश्चात् गुणस्तरीय पर्यटन विकासका लागि सबै मुलुकको पहिलो शर्त नै स्वास्थ्य सुरक्षाको प्रत्याभूति हो । तसर्थ नेपालजस्ता अल्पविकसित मुलुकहरूले आफ्ना सबै नागरिकलाई कोभिड भ्याक्सिनसहित कोभिड प्रतिरोधी क्षमता सुनिश्चित गराउन सक्नुपर्छ । पूर्णरूपमा भ्याक्सिन लगाइसकेको क्षेत्र कोभिड–१९ बाट सुरक्षित क्षेत्रका रूपमा परिचित हुने निश्चित छ । साथै, कोभिडको महामारीपश्चात् भ्याक्सिन–भिसा वा भ्याक्सिन पासपोर्टको अवधारणा भित्रिएको छ । यसका अतिरिक्त विश्वभरका सबै गन्तव्य स्थलहरूमा न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूति, अस्पतालहरूको गुणस्तर र क्षमता विस्तार एवं संकटका अवस्थालाई तीव्र व्यवस्थापन गर्ने संयन्त्रको विकासमा ध्यान दिनु आवश्यक देखिन्छ । त्यसपछि दोस्रो प्राथमिकतामा मात्र गन्तव्य स्थल वा पर्यटकीय उपजहरूको विविधीकरण, लाभको समन्यायिक वितरण हुने अवस्थाको सृजना, प्रचारप्रसार र प्रवर्द्धनको कार्यक्रमहरू पर्छन् । स्वास्थ्य सुरक्षाको प्रत्याभूतिविना पर्यटन पूर्वाधारको विकास, बजारीकरण, गन्तव्य वा उपजको पहिचानजस्ता कार्यक्रमले आउँदा दिनमा पर्यटनलाई राहत वा दिगो टेवा दिन सकिँदैन ।
कोभिडको लहरपछि विश्वभरका धेरै पर्यटन व्यवसायीहरू विस्थापित भइसकेका छन् । मुनाफाका लागि उनीहरूले आफ्नो पेशा वा व्यवसायलाई वैकल्पिक क्षेत्रमा रूपान्तरण गरिसकेका छन् । व्यवसायीको अतिरिक्त पर्यटन क्षेत्रबाट ठूलो संख्यामा मजदूरहरू समेत अलग्गिन पुगेका छन् । होटल ट्राभल्स एवं हस्पिटालिटी क्षेत्रमा काम गर्ने लाखाैं कर्मचारीहरू नयाँ अवसरको खोजीमा जान बाध्य छन् । तसर्थ कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रको संकट व्यवस्थापनको सिलसिलामा यो क्षेत्रमा संलग्नहरू व्यवसायीहरूलाई हतोत्साही हुनबाट रोक्नु पर्यटनको पुनरुत्थानका लागि मुख्य ध्येय हुनुपर्छ । त्यसका लागि निरन्तर प्रयास र कार्ययोजनासहित सरकारहरूको प्रतिबद्धता हुनु आवश्यक छ । अहिलेको प्रभावकारी निर्णय नै यो क्षेत्रको पुनरुत्थानका लागि दूरगामी महŒव वा असर पर्ने खालको हुनसक्छ ।
तसर्थ पर्यटन क्षेत्रका लागि नयाँ सोच, दृष्टिकोण र उद्देश्य लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । विश्वभरका प्रमुख गन्तव्य शहरहरू, महŒवपूर्ण स्थलहरू र सम्पदाहरूलाई प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार विकासका कार्यहरू गर्न आवश्यक छ । स्वास्थ्य संकट नियन्त्रण उन्मुख भएपछि पर्यटकीय सेवा वा सुविधाका संयन्त्रहरू तयारी अवस्थामा रहने हो भने सम्भावित पर्यटक लक्षित कार्यक्रमहरूसहित पर्यटन क्षेत्रका गतिविधिहरूलाई पूर्ववत् रूपमा सञ्चालन गर्न सक्ने देखिन्छ । तसर्थ यो समयलाई विकल्पहरूको छनोट, गन्तव्यहरूको पहिचान र निर्धारण गर्ने प्रयोजनले उपलब्धिपूर्ण बनाउन आवश्यक छ ।
पर्यटकीय पूर्वाधारको विकासअन्तर्गत प्रमुख पर्यटकीय स्थलहरूमा सुविधासम्पन्न यातायातको पहुँच, विश्रामस्थलहरू, चमेना गृहहरू, शौचालयहरू, पोर्टर सेल्टरहरू, पर्यटक सूचना केन्द्र, सुरक्षा सेवाका संरचनाहरू आदिको निर्माण हो । पर्यटनको विकासमा सरकारले सहजीकरण गरेर निजीक्षेत्रलाई समेत प्रोत्साहन गर्न र पर्यटन पूर्वाधार विकासमा प्रदेश तथा स्थानीय तह एवं उपभोक्तालाई समेत सुसूचित गराउन आवश्यक छ ।
प्राकृतिक एवं सांस्कृतिक पर्यटनसँगै खेल, शिक्षा, कृषि, कूटनीति, व्यापारलगायत विषयलाई पनि पर्यटनसँग जोडेर एकीकृत अवधारणामा जान सकिन्छ । पर्यटन क्षेत्रको पुनरुत्थानका कार्यक्रमहरू कार्यान्वयनका लागि विश्वभरका कोभिड–१९ बाट अतिप्रभावित मुलुकहरूले बहुपक्षीय साझेदार प्रणालीमार्फत साझा रणनीति तथा कार्यक्रमहरू प्रस्ताव गर्न आवश्यक छ ।
लेखक आर्थिक विकास तथा अध्ययन केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।
कोरोना कहरका कारण सबैभन्दा प्रभावित पर्यटन उद्योगमा कोरोना खोप बिहीबार नेपाल भित्रिने समाचारले ठूलो राहत दिएको छ ।
नेपालका प्रमुख पर्यटकीय बजार भारत तथा चीन दुवै मुलुक कोरोनाका कारण लकडाउनमा परेपछि नेपालले पनि गत वर्षको चैत ११ गतेदेखि लकडाउन गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय सीमा तथा अन्तर्राष्ट्रिय हवाइ सेवा बन्द गरेपछि स्थल तथा हवाई यातायातको प्रयोग गरी नेपाल आउने पर्यटकको संख्या ठप्प नै भयो । कोरोना अगाडि २० लाख पर्यटकलाई स्वागत गर्न आतुर मुलुकमा भएको अचानकको बन्दले नेपाली पर्यटन उद्योग नराम्ररी थला प-यो ।
बु...