महुली लघुवित्त र नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

जेठ १३, काठमाडौं । बिहीवारदेखि दुई कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ४१ हजार ८९६ कित्ता शेयर लिलामीमा विक्री खुला भएको हो । नेशनल माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ५१७ र महुली लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ८०० तोकिएको छ ।  यी शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यी शेयर खरीदका लागि जेठ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  नेशनल लाईफ इन्स्योरेन्सको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।  अधिकतम कित्ताका लागि भने कुनै हद लाग्ने छैन । दुवै कम्पनीको यो शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा जेठ १३ गतेपछि प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् । दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

सम्बन्धित सामग्री

आजदेखि ५ कम्पनीको संस्थापक शेयर बिक्रि खुल्ला

काठमाडौं, १५ असार । आजदेखि पाँच वटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको पाँच कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको हो । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त वित्तीय, नागरिक लगानी कोष र नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक […]

४ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन भोलिसम्म

असार १०, काठमाडौं ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवारसम्म रहेको छ । कम्पनीले नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको हो ।  नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७० कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर लिलामी हुने छ । नेशनल माइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४४४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  त्यसैगरी महुली लघुवित्तको शेयर न्यूनतम मूल्य रू. ७८६, आरएमडिसीको रू. ४७७ र मेरो माइक्रोफाइनान्सको रू. ५७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।   आवेदकले बोलपत्र पेश गर्दा महुली लघुवित्तको न्यूनतम ५०० कित्ता लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम शेयर संख्याको लागि हद नलाग्ने कम्पनीले बताएको छ ।  त्यसैगरी मेरो माइक्रोफाइनान्स,महुली लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । ती चार ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।