संघीय समाजवादी फोरमले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएको छ। आइतबार विहान राष्ट्रपतिसँगको छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले पठाएको अध्यादेश प्रमाणीकरणको विकल्प नभएको बताएका हुन्। अध्यादेश प्रमाणीकरणबारे परामर्श गर्न राष्ट्रपतिले फोरमका नेताहरुलाई डाकेकी थिइन्। फोरम अध्यक्ष यादव र नेता राजेन्द्र श्रेष्ठ राष्ट्रपतिसँग छलफलमा गएका थिए। फोरमका प्रेस सल्लाहकारर…